विराटनगर:माछा पोखरीमा डुवेर मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर ११ मा एक जनाको मृत्यु भएको छ ।
पुष १५ गतेबाट हराइरहेका बिराटनगरका २८ बर्षिय कामतको बिराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको माछा पोखरीमा मृत अवस्थामा भेटिएका छन् । कामतको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रदेश एक प्रहरी कार्यलय बिराटनगरले बताएको छ ।
पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।