इटहरी :आगामी चैत मसान्त सम्ममा सम्पुर्ण नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईसक्ने योजना अनुरुप सुनसरीका पाँच स्थानिय तहमा कोरोनाको खोप लगाउने कार्यतालिका सार्वजनिक भएको छ ।
उमेर समुह अनुसार कोरोनाको खोप दिइरहेको सरकारले अव भने १२ बर्ष देखि १७ बर्ष उमेर समुहका नागरिकलाई खोप दिने तालिका सार्वजनिक गरेको हो ।
सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पौष २१ ग्ते देखि २३ गते सम्म सुनसरी जिल्लाका पाँच वटा स्थानिय तहमा खोप लगाउने कार्यतालिका छ ।
स्वास्थ्य कार्यलयका प्रमुख वरिष्ट जनस्वास्थ्य प्रशासक सागर प्रसाईका अनुसार इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका , भोक्राहा गाउँपालिका, कोशी गाउँपालिका र बर्जु गाउँपालिकामा कोरोनाको खोप लगाउने कार्यतालिका छ । तालिका अनुसार बुधबार देखि शनिवार सम्ममा यी पाँच गाउँपालिकाका १२ बर्ष देखि १७ बर्ष समेर समुहका नागरिकलाई कोरोना विरुद्धको खोप दिइनेछ ।
इनरुवामा २१ गतेदेखि २३ गते सम्म, बराहक्षेत्रमा २२ र २३ गते भोक्राहा गाउँपालिकामा २२ र २३ गते अनि कोशि र बर्जु गाउँपालिकामा पनि २२ र २३ गते खोप लगाइने जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले जनाएको छ ।271233800_1863793740455749_2417497292589165357_n यो उमेर समुहकालागि कोभिड बिरुद्धको मोडर्ना खोप हान्ने सरकारको योजना छ ।