भाण्टावारीः सुनसरीको कोशी गाउँपालिकामा विभिन्न राजनितिक दलमा रहेका युवाहरु नेकपा एकिकृत समाजवादी निकटको युवा संघ नेपालमा संगठित भएका छन ।

कोशी गाउँपालिका स्थित एक मदरसामा भएको युवा भेलाले मोहम्द साहवुद्धिन अध्यक्ष रहेको युवासंघ नेपालको ८१ सदस्य युवासंघ गाउ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मोहम्द मिराज आलम, जावेद आलम सचिवमा निकेशकुमार चौधरी सहसचिवमा पुर्शरामकुमार मण्डल सन्तोषकुमार यादव कोषाध्यक्षमा मोहम्द इजराइल चयन भएका छन् ।

नकेपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले कोशी गाउँपालिकाक्षेत्रमा रहेका युवाहरु नेकपा एस निकट युवासंघको गाउपालिका कमिटी संगठित भई युवाहरुको नेतृत्व र निर्णायक तहमा युवाको सृजनात्मक सहभागीता अभिबृद्धी गर्दै युवाहरुलाई नेतृत्व तहमा अवसर दिने बताए ।

युवा संघ नेपाल सुनसरीका उपाध्यक्ष समिम आलमका अनुसार विकासका दृष्टीकोणले युवाहरुले अवसर पाउन सधै बञ्चीत हुदै आएको कोशी क्षेत्रमा नेकपा एसले अभियान संचालन गरेपछि युवाहरुले कोशी क्षेत्रको विकास र युवाहरुको सहभागीता बढाउन युवासंघ रोजेका हुन ।
कार्यक्रममा नेकपा एसका प्रदेश सदस्य समसुल मियाँ, ब्रहमदेव यादव, कोशी अध्यक्ष शत्रुधन चौधरी, उपाध्यक्ष वासिक मियाँ, युवा संघका सुनसरी उपाध्यक्ष विजय लिम्बु, समिम आलमलगायतले बोलेका थिए ।