इटहरीः सुनसरी जिल्लाको वामपन्थीहरुको गढका रुपमा पञ्चायतकाल देखि पकड रहेको इटहरी उपमहानगरपालिका ५ वडा नम्बरमा नेकपा एस पार्टीको वडा अध्यक्षमा कृष्णप्रसाद शर्मा चयन भएका छन् । इटहरी स्थित लायन्स क्लवमा मंगलबार भएको भेलाले करिब १० हजारको हाराहारीमा मतदाता रहेको इटहरी ५ मा वापपन्थी अगुवा कृष्णप्रसाद शर्माको अध्यक्षतामा ८१ सदस्य वडा कमिटी गठन गरेको हो ।
नेकपा एमाले इटहरी ५ नं वडाको मतबाट सधै इटहरी उपमहानगरपालिका क्षेत्रमा र संद्यिय तथा प्रदेश क्षेत्रमा निर्वाचन जित्दै आएको थियो । नेकपा एसले एमालेबाट विद्रोह गरेपछि इटहरी ५ नंम्बर वडालाई आफनो पकडमा राखेको थियो ।
मंगलवार भएको भेलाले वडाकमिटीको उपाध्यक्षमा बनिता अधिकारी, सचिवमा लोकेन्द्र कोइराला (लोकनाथ), उपसचिवमा गिता काफ्ले नेपाल र हरि गजमेर चयन भएका छन् ।
वडा कमिटी गठन कार्यक्रमा बोल्दै नेकपा एसका केन्द्रिय सदस्य केशव बिष्टले सुनसरीको ऐतिहासिक वामपन्थीको विरासत रहेको इटहरी ५ नं वडामा प्रतिवद्ध कम्युनिष्ट नेता कार्यक्रर्ताहरु दक्षिणपन्थी भासमा गएको एमालेबाट विद्रोह गरि नेकपा एसमा संगठित भएकाले इटहरी आगामी दिनमा नेकपा एसको लालकिल्लाका रुपमा स्थापित हुने बताए ।
कार्यक्रममा नेकपा एसका केन्द्रिय सल्लाहकार रमेश विष्ट, प्रदेश सदस्य तारा पोखरेल, दिवाकर रेग्मी, ठमनाथ लम्साल, सुनसरी उपसचिव राजेश भण्डारी, इटहरी इन्चार्ज केवल फुयाल, जिल्ला सदस्य चिरञ्जीवी नेपाल, विपी दियाली इटहरी अध्यक्ष गणेश बुढाथोकीलगायतले बोलेका थिए ।