इटहरीः माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ ।
पार्टीका प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो ।
सचिवालयले दिएको जानकारी अनुसार प्रदेश १ बाट जयन्ती राईको उम्मेद्धवारी हुनेछ भने वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रिय सभाको माघ १२ गते हुने चुनवका लागि माओवादि, नेकपा एमाले र जनता समाजवादिले समेत आफ्ना उम्मेवद्धारको नामावली सार्वजनिक गरिसकेका छन् ।