इटहरी :कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भारतमा शहरमा तिव्रगतिमा फैलिएको छ । त्यहाँको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमति भएको समाचार बाहिर आएको छ । मंगलबार आफैं ट्विट गर्दै केजरीवालले आफु कोभिडको संक्रमित भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित भएपछि केजरीवाल अहिले आफ्नै घरमा आइसोलेसन बसेका छन् । केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’
देशमा कोरोना सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४०९९ नयाँ बिरामी थपिएको समाचार आएको थियो । भारतमा कोभिडको संक्रमण दर दैनिक ६.४६ प्रतिशत पुगेको छ ।