इटहरी :सुनसरी जिल्लाको धरान र झापा जिल्लाको विर्तामोडमा भएको छुट्टा छुट्टै दुर्घटनामा पनि दुई जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यलय विराटनगरले दिएको जानकारी अनुसार झापा र सुनसरीमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको हो ।
झापाको, झापा गाउँपालिका–१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा धरान–१५ को आरालाईनमा रोकेर राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा बा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफँै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान –१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।