इटहरी:सर्वोत्तम सिमेन्ट कम्पनीले बुक विण्डिग प्रविधिबाट साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गर्न माघमा साधारण सभा बोलाएको छ ।
मघ १० गते बस्ने कम्पनीको साधारण सभाले पारित गरे बुक विल्डिङ्ग प्रविधिबाट कम्पनीको आईपिओ आउने पक्का हुनेछ । अहिले कम्पनीले आईपिओ निस्कासनको प्रक्रियालाई चरमवद्ध रुपमा लगेको छ । कम्पनीको रेटिङ्ग सम्पन्न भएको छ भने अन्य काम चरणवद्ध रुपमा भइरहेको बताइएको छ । क्रेडिट रेटिङ्ग एजेन्सि इक्राले सवोत्तमको आईपिओ लाई आरआर त्रिपल बि रेटिङ्ग दिएको छ । यसको मतलव कम्पनीको आईपिओमा मध्यम जोखिम रहेको जनाउ दिन्छ ।
६० लाख कित्ता साधारण सेयर निस्कासन गर्न लागेको कम्पनीले ४० प्रतिशत शेयर संस्थागत लगानीकर्तालाई दिनेछ भने बाँकि ६० प्रतिशतले हुने ३६ लाख कित्तामा ३ लाख कित्ता कर्मचारीलाई ८ लाख कित्ता स्थानीय बासिलाई र बाँकि २५ लाख कित्ता सर्वसाधारणलाई निस्कासन गर्ने योजनामा कम्पनी रहेको बताइएको छ ।