इटहरी :प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरी निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता जन्माएका छन् ।
चौधरीले आफ्नी पत्नीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी दर्ता गर्न सोमबार निर्वाचन आयोग पठाएका थिए । कैलाली जिल्लाको टिकापुर घटनामा मुख्य दोषि ठहर भई जेल जिवन भुत्तान गरिरहेका चौधरीका शुभचिन्तकहरु बाजागाजासहित दल दर्ताका लागि सोमबार निर्वाचन आयोगमा पुगेका थिए ।

निर्वाचन आयोग जानु अघि नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका थिए । चौधरीको रिहाईको लागि केहि दिन देखि सृँखलावद्ध आन्दोलन समेत भइराखेको छ भने थारु मुद्धालाई केन्द्र विन्दुमा राखेका केहि दलहरुले समेत उनको रिहाईलाई प्रमुख मुद्धा बनाउँदै आइरहेका थिए । उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।