इटहरीः नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठन इटहरी उपमहानगरपालिका कमिटीको अध्यक्षमा बेचन परियार चयन भएका छन । सोमबार इटहरीमा भएको उपमहानगरस्तरिय भेलाले समाजसेवी तथा दलित अगुवा बेचन परियारको अध्यक्षतामा ७१ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रामप्रसाद राम मोची, देउमान दास र हरिप्रसाद बिक सचिवमा कमला सेन्चुरी र शिबराज परियार, उपसचिवमा सरिता बराइली, इन्दिरा रणपाल, राधा बिश्वकर्मा, निर्मला दर्नाल र चन्द्र सुनार कोषाध्यक्षमा रंगिता बिक गजमेर चयन भएका छन ।
नवगठित कमिटीले इटहरीका सवै वडाहरूमा वडा कमिटी गठनगरि दलित समुदायको अवश्थाका बारेमा सरोकारवाला समक्ष जानकारी गराउदै शिक्षा, स्वास्थ्य, रोजगार, कानुनी हकअधिकार लगायतका सवालमा केन्द्रीत भएर संगठनले अभियान संचालन गर्ने जनाईएको छ ।
भेलामा नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउदै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव विष्टले दलित समुदायको आर्थिक, सामाजिक र सास्कृतिक समस्या समाधानका लागि राज्यले सधै वेवास्ता गर्दै आएकाले नेकपा एसले सरकारलाई दलितको आधारभुत अधिकारको ग्यारेन्टी हुने कार्यक्रम ल्याउन ध्यानाकर्षण गराउने बताए ।
नेपाल दलित मुक्ति संगठन सुनसरीकी अध्यक्ष अमृता सेन्चुरी रमदानले सुनसरी जिल्लाका शहरी र ग्रामीण क्षेत्रमा दलित समुदाय अहिले पनि हकअधिकार पाउनबाट बञ्चित हुनुपर्ने अवस्थामा रहेकाले दलित मुक्ति संगठनले विभेद विरूद्व खबरदारी गर्दै अधिकार र न्यायका लागि दवाव दिने बताईन ।
कार्यक्रममा नेकपा एसका केन्द्रीय सल्लाहकार रमेश बिस्टले जातका नाममा हुने छुवाछुत, विभेदलाई समुल रूपमा नष्ट गर्न समानता मुलक समाज निमार्ण हुनुपर्नेमा जोड दिदै नेकपा एसमा आवद्व सदस्यले छुवाछूत विरूद्व सशत्त भएर लाग्नुपर्ने बताए । भेलामा नेकपा एसका प्रदेश सदस्य प्रकाश निरौला, तारा पोखरेल, सुनसरी उप-सचिव राजेश भण्डारी, इटहरी उपमाहनगर इन्चार्ज केवल फुयाल, सुनसरी सदस्य तथा दलित फाँटका इन्चार्ज पिवि दियाली, इटहरी सचिब वसन्त श्रेस्ठ, मुक्ती सङ्ठन मोरङ इन्चार्ज तिलक परियारलगायतको सहभागीता रहेको थियो ।