इटहरी :नेकपा माओवादी केन्द्रको महाधिवेसनबाट पुष्पकमल दाहाल प्रचण्ड पुन पार्टि अध्यक्षमा चयन भएका छन् । २ सय ३६ जनाको केन्द्रिय कमिटि चयन गरेपछि बसेको केन्द्रिय कमिटिको बैठकले प्रचण्डलाई अर्को कार्यकालका लागि पनि अध्यक्षमा चयन गरेको हो ।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन भएका हुन । उनलाइ नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने अध्यक्षमा कृष्णबहादुर महराले समर्थन गरका थिए । प्रस्ताव बैठकमा पेश हुनासाथ केन्द्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन् । उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए । ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु । नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने । उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिम पटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए । उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो काँधमा निकै ठुलो जिम्मेवारी थपिएको महसुश गरेको छु’ उनले भने, ‘एकथरी प्रवृत्ति र शक्ति गठबन्धन टुटाउन लागिरहेका छन्। गठबन्धन निर्माण गरेर एकतालाई कायम राख्नका लागि निर्वाचनसम्म जाने वातावरण बनाउनको लागि मैले र नारायणकाजीले आज पनि धेरै मेहनत गरेका छौँ। सफल भएका पनि छौँ।’
पुन पार्टि अध्यक्षमा चयन भएसँगै प्रचण्डको नेतृत्व तीन दशक लगातार हुने भएको छ । पार्टि स्थापनाकाल देखि प्रचण्ड माओवादिको अध्यक्ष रहँदै आएका छन् भने उनलाई चुनौति दिने दोस्रो पुस्ता पार्टिमा देखिएको छैन । अध्यक्षमा चयन भएलगत्तै दाहालले आफुले नेतृत्वबाट विस्राम लिने समय आएको महसुस भएता पनि पार्टिलाई आफ्नो खाँचो महसुस गरेर पुन जिम्मेवारी लिएको अभिव्यक्ति दिएका थिए ।