इटहरीः केन्द्रिय बैँकले क्रस होल्डिङ रहेका लघुवित्त वित्तिय संस्थाहरुले एक आपसमा या त अनुमति प्राप्त वित्तिय संस्थासँग मर्जरमा जाने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
सोमाबार एक निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैँकले क ,ख र ग वर्गका एउटै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु बीच एक आपसमा मर्ज हुन कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मशान्तभित्र राष्ट्र बैंकलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैँकबाट इजाजत लिएका बैँक तथा वित्तीय संस्थाहरुले आफ्नो स्वामित्वमा लघुवित्त कम्पनीहरु समेत संचालन गरेर प्रभुत्व जमाएका छन् । ग्लोवल आईएमई, एनएमवि, एनआईसी एसिया, सिभिल जस्ता बँैकहरुले लघुवित्त समेत त्यहि नाममा खोलेर वित्तीय कारोबार गरिरहेका छन् ।