बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ६ मा संचालित महेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिग्राम दाहाल र चण्डीराज पोखरेलले अवैधानिक रूपमा नियुक्त गरिएकी कर्मचारी मिरा पौडेलले राजीनामा दिएकी छन् । मिरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहालकी बुहारी हुन् ।
व्यवस्थापन समितिका अध्यक्ष दाहाल र प्रअ पोखरेलले आफुखुसी जवरजस्ती मिरालाई कर्मचारी नियुक्ती गरि विद्यालयलाई अनावश्यक आर्थिक बोझ लादेको बिषयमा प्रदेश पोर्टल डटकममा समाचार आएप्छि चौतर्फी दवाव बढेपछि मिरा राजीनामा दिन बाध्य भएको विद्यालय प्रशासन स्रोतले जनाएको छ ।
विद्यालयका प्रअ पोखरेलले मिराले राजीनामा दिएको स्वीकार गर्दै आउँदो विद्यालय व्यवस्थापन समितिको बैंठकबाट निर्णय गरि उनलाई हटाउने बताए ।
१५ पौष, २०७८ मा व्यवस्थापन समिति अध्यक्ष शालिग्राम दाहालले गरे, बुहारीलाई विधालयमा अवैधानिक नियुक्ति शिर्षकमा समाचार सम्प्रेषण भयो । विद्यालयमा आवश्यक नै नरहेको अबस्थामा समेत बिना विज्ञापन आह्वान कर्मचारी नियुक्त गरेको विषयमा समाचार प्रकाशन भएको थियो । समाचारमा नियुक्त भएकी कर्मचारी असक्षम भएको भएपनि व्यवस्थापन समिति अध्यक्ष शालिग्राम दाहालकी बुहारी भएकाले जबर्जस्ती नियुक्त गरिएको खुलाइएको थियो ।
समाचारका विषयमा विभिन्न टिकाटिप्पणी आएपछि पुनः १८पुस, २०७८ मा महेन्द्र मावि कर्मचारी नियुक्ति प्रकरणः अध्यक्षकी बुहारीलाई जागिर खुवाउने निर्णय अल्पमतले जबरजस्ती पास गरेको खुलासा भन्ने शिर्षकमा फलोअप समाचार प्रकाशित भएको थियो । जसमा व्यवस्थापन समितिको बैठकले मिरा पौडेललाई कर्मचारी नियुक्त गर्ने विषयमा निर्णय पास गरि म्यान्युट गरेको व्यवस्थापन अध्यक्ष दाहालले गरेको दावी निराधार रहेको प्रमाणित भएको थियो । समाचारमा उल्लेख भए अनुसार ९ जनाको व्यवस्थापन समितिमा अध्यक्ष दाहाल र प्रधानाध्यापक चण्डीराज पोखरेलको सेटिङमा ४ जनाले गरेको निर्णयलाई पास गरि बुहारी मिरा पौडेललाई विद्यालयमा कर्मचारीका रूपमा नियुक्त गरेको खुलासा भएको थियो ।