इटहरीः इटहरी उप महानगरपालिका २० तरहराबाट ७२ किलो लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती करिब साढे १२ बजे इटहरी धरान सडक खण्डको तरहरामा चेंक जाँचको क्रममा उनिहरुलाई सो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

तरहरा प्रहरी चौंकीबाट खटिएको प्रहरी टोलीले मोटरसाईकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका १ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई ७२ किलो गाँजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले बताए ।

प्रहरीका अनुसार प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा शंका लागि दुबैजनालाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखि थप अनुसन्धान अगाडी बढाइएको छ ।