इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा झलक वनको अध्यक्षतामा एक सय एक सदस्सीय रहेको कमिटि आइतबार घोषणा भएको छ ।
आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा पार्टीका इटहरी नगरकमिटि अध्यक्ष गणेश बुढाथोकीले वडा नम्बर ४ कमिटि घोषणा गरेका छन् ।
नव गठित कमिटिको अध्यक्षमा झलक वन रहेका छन् भने उपाध्यक्षमा उमेश चौहान र महिला उपाध्यक्षतर्फ शकुन्तला बराईली चयन भएकी छन् । वडा नम्बर ४ को नव गठित समिति सचिवमा शिवराज परियार, सह सचिवमा अर्जुन गिरी र दिपक कटुवाल रहेको छन् ।
नव गठित वडा नम्बर ४ का सदस्यहरुमा बुद्धिमाया गिरी, दिलु कार्की, विनिता चौधरी, गोविन्द थापा, चन्द्रनारायण चौधरी, अन्तराम घिमिरे, सिता पोखरेल, देविका खतिवडा, निर्जला घिमिरे, चेतनाथ नेपाल लगायत छन् । वडा कमिटिमा ८३ जना रहेता पनि १ सय १ जनाको कमिटि हुने नगर अध्यक्ष गणेश बुढाथोकीले बताए ।
पार्टीका केन्द्रीय सदस्य ,खेलकुद बिभाग प्रमुख तथा सुनसरी सहइन्चार्ज केशबकुमार विष्टले नब गठित कमिटीलाइ सपथ पछि सम्बोधन गर्दै एमालेमा खड्गप्रसाद ओलीले ब्यक्तीबादी चरित्रका कारण आफुहरुले बिद्रोह गरेर बामपन्थी आन्दोलनलाई सहि बाटो तर्फ ल्याउने काम गरिरहेको बताए । विष्टले अभियानलाई देशभरीबाट जनताले साथ दिन थालेको बताउँदै नव गठित वडा समितिकालाई शुभकामना दिएका थिए ।
वडा कमिटी इन्चार्ज तथा नेपाल स्वतन्त्र व्यापार सङ्घका केन्द्रीय उपमहासचिब प्रदिप तामाङले स्वागत मन्तब्य कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य रमेश बिस्ट, प्रदेश नेताहरु प्रकाश निरौला डा दिवाकर रेग्मी,सिताराम घिमिरे , राजुबाबु ढकाल, जिल्ला अध्यक्ष गोवन्द निरौंला, सचिव बसन्त सुवेदी, उप सचिव राजेश भण्डारी लगायत जिल्ला पार्टी नेताहरु र नगर स्तरका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती थियो ।