इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूका केन्द्रिय नेताहरुले अवको स्ववियु चुनावमा आफ्नो संगठनलाई एक नम्बरको बनाउने उद्घोष गरेका छन् ।
संगठनको प्रथम प्रदेश अधिवेशनको खुल्ला सत्रमा आईतबार सुनसरी जिल्लाको इटहरीमा बोल्दै अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले विचारको हिसावले प्रगतिशित विचार राख्ने कलम र तारा अंकित झण्डा अवको स्ववियु चुनावमा एक नम्बरको हुने बताए ।
हाम्रो शिक्षा दिनहु महँगो भइरहेको र यसको विरुद्धमा एक भएर लड्नु पर्ने आवश्यकता औल्याउँदै अध्यक्ष पराजुलीले आफनो क्षेत्रबाट भुमिका निर्वाह गर्न जिल्ला स्तरिय विद्यार्थी नेताहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै अनेरास्ववियू प्रदेश एक कि इन्चार्ज केसरी रेग्मीले पार्टीमा जस लिने र काम नगर्ने नेताको काम नरहेको बताइन् । संगठन विस्तारको क्रममा आफुहरु टाँढा टाँढा पुग्ने गरेको भएपनि केन्द्रिय स्तरका नेताहरुनै आफ्नो क्षेत्रको कार्यक्रममा नआउने प्रवृति तर्फ इंकित गर्दै रेग्मीले काम नगर्ने नेतालाई नेतृत्वबाट विदा गर्न अग्रपंतिको नेतृत्वलाई समेत अनुरोध गरिन् ।

270785761_4681249578617955_4068983190386010072_n
रेग्मीको भनाईलाई स्वीकार गर्दै नेकपा एसका केन्द्रिय सदस्य एंव प्रदेश नम्बर १ विद्यार्थी विभाग प्रमुख वसिम आलमले नेता आउँदा जयजयकार गर्ने र अरुबेला कानमा तेल हाल्नेलाई पार्टीमा ठाउँ नरहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा अनेरास्ववियूकी महासचिव आरती लामाले अव नेकपा एमालेलाई वत्ती बालेर खोज्नु पर्ने अवस्था आउन लागेको बताइन् । दुर्गा प्रसाई जस्ता मेडिकल माफियालाई संरक्षण गरेर बसेको एमाले र मेडिकल अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अतिरित्त शुल्क लिने कलेजहरुको गेटमा ताला लगाउन आफुहरु अघि सर्ने लामाले बताइन् । शिक्षाको क्षेत्रमा पनि समाजवाद आउनुपर्ने भएकाले विद्यार्थीहरुलाई विद्यालयमा गएर पढ्नेमात्र नभई त्यहाँ भएका अन्यायका विरुद्ध आवाज समेत उठाउन विद्यार्थीहरुलाई आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले व्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा अखिलको गीतमा झण्डा नाँच गरेका कलाकारहरुले मनोरन्जन समेत दिलाएका थिए । नेकपा एसका केन्द्रिय नेताहरु उपस्थित कार्यक्रमको सभापतित्व अनेरास्ववियू प्रदेश एकका अध्यक्ष राजु थाम्सुहाङ्ग गरेका थिए ।