इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले गाउँ गाउँमा बाख्रा पालेर तथा कृर्षी जन्य काम गरेर स्वरोजगार हुन र आत्मसम्मान बढाउन आग्रह गरेका छन् ।
नेकपा एस निकट विद्यार्थीहरुको छाता संगठन अनेरास्ववियूको प्रदेश स्तरिय भेलालाई आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसबाट सम्बोधन गर्दै नेता नेपालले विदेशमा गएर बाख्रा चराउने काम गर्नुभन्दा देशमै बाख्रा पालेर वा कृषि कर्म गरेर स्वाभिमान र स्वरोजगार बन्न सकिने बताएका हुन् ।
शिक्षा र सीप आजको आवश्यकता भएको औल्याउँदै नेता नेपालले विद्यार्थीहरुलाई पढ्न र फाल्टु समय सामाजिक काममा लगाउन आग्रह गरे । “तपाईहरु विद्यार्थीहरु पार्टीको झण्डामात्रै बोकेर नहिड्नुस् पढ्ने काममा पनि आफ्नो समय खर्चिनुहोस् बाँकी समय सामाजिक काममा लाग्नुहोस् ।” नेता नेपालले भने ।
शिक्षा सीपसँग जोडिनुपर्ने आजको आवश्यकता भएकाले सिपमुलक शिक्षामा जोड दिनुपर्नेमा पार्टी अध्यक्ष नेपालको जोड थियो । समाजवादी भनेको समानता र सामाजिक न्यायको सिद्धान्त भएकाले रोजगार मुलक तालिमहरु सन्चालन गरेर स्वरोजगार बन्ने काम गराउने उनले सरकारसँग माग गरेका छन् । हाल आफ्नो पार्टीको नेतृत्वमा २ वटा प्रदेश सरकार भएकाले सरकारको नेतृत्व गरिरहेका मुख्य मन्त्रीलाई सम्भावना भएका राम्रा कामहरु गर्न निर्देशन समेत नेता नेपालले दिएका छन् ।
पार्टीको संगठन विस्तारका लागि देश दौडाहामा रहेको नेता नेपालले सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको भुमिका निकै माथि रहेकोमा खुसि समेत व्यक्त गरे । एमालेको हविगत सुदुरपश्चिम प्रदेशमा विजोक भएको भन्दै नेता नेपालले अव एमाले सुदुरपश्चिमबाट बढारिदँै गएको र मेचीमा पुर्याएर बगाउनु पर्छ भन्ने तर्क समेत गरे । पार्टी पंत्तिलाई जनताको घरदैलोमा जान र दुःख सुःखमा सहभागी हुन उनको आग्रह थियो ।
संगठन विस्तार गर्न विद्यार्थीहरुलाई हौसाउँदै उनले गीत संगित , कथा , कविता बाचन जस्ता कार्यक्रमहरु आयोजना गरेर लोकप्रिय बन्न र संगठनलाई विस्तार गर्दै लान अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई नेता नेपालले आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले विद्यार्थीहरुलाई अनेरास्ववियू भन्दा पनि विद्यार्थी बनेर लड्न निर्देशित गरे । मुख्य मन्त्री राईले विद्यार्थीहरु पार्टीको शाखा भन्दा पनि विद्यार्थीकै भुमिकामा रहनुपर्ने र आवश्यकता परेको बेला धावा बोल्न तयार हुनुपर्ने तक अघि सारेका थिए । समाजवादी भनेको समाजप्रति उत्तरदायी भएर भुमिका खेल्ने पार्टी भएकाले मान्छेलाई धनि बनाउन प्रकृति र संस्कृतिलाई दामासायी भोग गर्नुपर्ने शासन आफुहरुले ल्याउन चाहेको मुख्यमन्त्री राईको भनाई थियो ।