इटहरीः व्यवसायीहरुको व्यवसायिक हकहित र प्रर्वद्धनका निम्ति इटहरीमा चेम्बर अफ कमर्स गठन भएको छ । व्यवसायीहरु बिच एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण, व्यवसायीहरुको समस्या तथा गुनासोहरुको सम्बोधन गर्न इटहरी चेम्बर अफ कमर्सको गठन गरिएको हो । शनिवार बिषेश साधारणसभा गरि यज्ञबहादुर कटुवाल(गणेश)को अध्यक्षतामा ३१ सदस्सीय कार्यसमिति गठन गरिएको हो ।
इटहरी चेम्बर अफ कमर्सको बरिष्ठ उपाध्यक्षमा नवराज कार्की, उपाध्यक्षमा तेजेन्द्र भण्डारी, कृपाराम सिटौला, होमराज ढकाल, भोला निरौला र महेश घिमिरे चयन भएका छन् । महासचिवमा मिलन कार्की, सचिवमा सुबास बस्नेत, दुर्गा प्रसाद थापा र गणेश खड्का चुनिएका छन् ।
त्यसैगरि सह-सचिव राजु खड्का, अविनास श्रेष्ठ र शरद राज तामाङ्ग चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी उपेन्द्र घिमिरे र सह कोषाध्यक्षको जिम्मेवारी नवराज खड्काले पाएका छन् । त्यस्तै सदस्यहरुमा सिनेट रिजाल , कृष्ण सिटौला लगायत रहेका छन् ।
बिषेश साधारणसभाले सल्लाहाकार समिति पनि गठन गरेको छ । वरिष्ठ सल्लाहाकारमा तारा बहादुर कटुवाल , सल्लाहाकारमा भरत गौली र फडिन्द्र अधिकारीलाई राखेको इटहरी चेम्बर अफ कमर्स इटहरीका नव निर्वाचित अध्यक्ष यज्ञबहादुर कटुवाल( गणेश)ले जानकारी दिए ।