धनकुटाः नेकपा (एकीकृत समाजवादी) ले धनकुटामा संगठन अभियान तीव्र बनाएको छ । नेकपा एमालेले धनकुटामा समाजवादीले संगठन गर्न सक्दैन भनेर आरोप लगाइरहेका बेला एकीकृत समाजवादीले संगठन विस्तार अभियान तीव्र बनाएको हो ।
यसैक्रममा युवा संघ नेपाल, धनकुटा नगर कमिटीको गठन गरको छ । शनिबार धनकुटामा सम्पन्न नगर स्तरीय भेला युवा संघ नेपालको धनकुटा नगर कमिटी गठन गरेको हो । जसको संयोजकमा ताराहाङ आठपहरीया राई रहेका छन् ।
हाल ताराहाङ आठपहरीया राईको संयोजकत्वमा ४५ सदस्यीय युवा संघ नगर कमिटी गठन गरेको एकीकृत समाजवादी पार्टी धनकुटा नगर कमिटी अध्यक्ष सुजन भाई जोशीले बताए ।

271019684_10223444584436270_5476645611393781645_n
सो भेलामा एकीकृत समाजवादीका प्रदेश नं. १ का प्रदेश कमिटी सदस्य धर्मराज पौडेल, जिल्ला अध्यक्ष अर्जुन राई, जिल्ला सचिव खगेन्द्र सुवेदी, युवा संघ नेपालका केन्द्रिय सदस्य मनोज चाम्लिङ, जिल्ला खेलकुद समिति नगर कमिटी संयोजक लोकेन्द्र राई लगायतले युवा शक्ति संगठित भए मात्रै देशलाई अघि बढाउन सकिने बताए ।

यसअघि एकीकृत समाजवादीले बिहीबार मात्रै सञ्दिप चेम्जोङको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी गठन अनेरास्ववियु धनकुटाको गठन गरेको थियो ।

271055931_10223445582261215_3261797708498205162_n 271126222_10223444586396319_3169774588330007137_n