बराहक्षेत्रः नेपाली कांग्रेस सुनसरी निर्वाचन प्रदेशसभा १(ख) कार्यसमितिको पहिलो बैठकले कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति मुरारी प्रसाद भट्टराईको अध्यतामा शनिबार (आज) बसेको पहिलो बैठकले निर्वाचित सदस्यमध्येबाट धरान ११ का हरि थापालाई कोषाध्यक्ष र पार्टी प्रवक्तामा सह सचीव रोहित काफ्लेलाई चयन गरेको हो ।
कार्यसमितिलाई मत दिएर निर्वाचित गराउने क्षेत्रीय प्रतिनिधि तथा वडासभापतिलाई धन्यवाद दिने कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ । जसअन्तर्गत चतरा, कालाबंजर, बक्लौरी र धरानमा विभिन्न चरणमा आभार प्रकट कार्यक्रम राखिएको बताइएको छ ।
यसैगरी, आजकै बैठकले विभिन्न वार्डबाट समाहित भएर क्षेत्रीय सदस्यहरुलाई मनोनीत समेत गरेको नवमनोनित प्रवक्ता रोहित काफ्लेले जानकारी दिए । उनकाअनुसार चुनावी अभियानलाई लक्षित गरेर विभिन्न राजनीतिक गतिविधिहरूमा सकृयता देखाउन क्षेत्रीय कार्यसमिति लागि परेको हो ।