इटहरीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा स्कूल विभाग प्रमुख प्रमेश हमालले पछिल्लो समय नेपालमा महिला अधिकारका लागि हुने वर्गीय र हिंसा विरुद्धको आन्दोलन भुत्ते बन्दै गएको बताएका छन् । शनिवार सुनसरीको इटहरीमा सम्पन्न अखिल नेपाल महिला संघ (समाजवादी) को प्रदेश नम्वर १ को प्रदेश स्तरिय एक दिने भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता हमालले सो कुरा बताएका हुन् । उनले गैंर वैचारिक दिशाहिन राजनितिक नेतृत्वका कारण महिला मुक्ति आन्दोलन भुत्ते बन्दै गएको दावी गरे ।
उनले महिलाहरुलाई उत्पादन शक्तिभित्र विभेदमा पारिएको बताए । उनले महिला माथि हुने सबै खालका विभेद र हिंसाको अन्त्य गर्नका लागि विचारबाट निर्दैशित भई भुत्ते भएको महिला मुक्तिको आन्दोलनलाई धारिलो बनाउन जरुरी रहेको बताए ।
प्रदेश नम्बर १ भरीका महिलाहरुलाई प्रशिक्षित गर्ने क्रममा नेता हमालले लोकतन्त्र र राष्ट्रियता जोगाउन सफल गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्ति लागि परेको बताए । त्यस्ता शक्तिबाट लोकतन्त्र जोगाउनका लागि सबै जना आ आफ्ना स्थानबाट चनाखो हुन पर्ने समय आएको बताए । नेपालको लोकतन्त्र र राष्ट्रियता माथि संकट पैदा भएकाले गठबन्धन गर्नु परेको स्पष्ट पारे । उनले गठबन्धनका रुपमा सत्ता साझेदारीमा रहेपनि वैचारिकधार भने गठबन्धनले बोक्न नसक्ने बताए । आफ्नो पार्टीले केही राजनितिक मुद्धामात्र अन्य चार राजनितिकदलसंग गठबन्धन गरिएको हमालले बताए ।

269896998_445735320441340_4471036973530083351_n
गठबन्धनमा रहेका सबै दलहरु भन्दा आफ्नो पार्टी फरक तरिकाले आएकाले यो सबै कुरा अन्य दलहरुले नबुझ्ने बताए । उनले आफुहरुले पार्टीमा विद्रोह र पुर्नःगठन नगरेको भए गठबन्धन समेत असम्भव रहेको बताए । लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि धेरै कुरालाई उद्धार भएर अगाडी बढ्नु पर्ने अवस्था समेत आएको हमालले बताए । पछिल्लो समय गठबन्धनको मुख्य पार्टी नेपाली कांग्रेसले अमेरिका, भारत र बेलायतमा मात्र राजतुद नियुक्ती गर्ने चिनमा नगर्ने जस्ता कार्यका कारण अनेकौ प्रश्नहरु आएकाले आफ्नो पार्टीले हस्तक्षेप गरेपनि नेपाली कांग्रेसले नसुनेझै गर्यो । यसैलाई बिषय बनाएर गठबन्धन टुटाए गैंर लोकतान्त्रि शक्तिहरु हावी हुने देखिएकाले धेरै कुरा सहेर अगाडी बढिरहेको नेता हमालले बताए ।
उनले आउने तीनै तहको निर्वाचनसम्म गठबन्धनलाई कायमै राख्नु पर्ने अवस्था रहेको बताए । उनले आउँदो निर्वाचनमा नेपालका वामपन्थी शक्तिहरुसंग चुनावी तालमेल हुने दावी गरे । उनले अन्तिम समयमा गठवन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेससंग पनि तालमेल हुन सक्ने बताए । उनले पछिल्लो समय गठबन्धनलाई कमजोर पार्ने अनेक उपायहरु केपी ओली र विदेशी केही शक्तिहरुले रचिरहेको बताए । उनले एमसिसिको नाममा गठबन्धन भित्र खेल्ने काम भएकाले त्यसमा गठबन्धन भित्र रहेका सबै पार्टीहरु एकदम सचेत रहेको उनको भनाई थियो । राष्ट्रियताको सवालमा गठबन्धन भित्र रहेका सबै पार्टीहरु एकै स्थानमा दरिलो हिसाबमा उभिएको नेता हमालले बताए ।

269810976_612268579994999_5541883316627731993_n
३ बर्षअघि विश्वभरी नै नेपालको कम्युनिष्ट आन्दोलन एउटा उचाईमा पुगेको चर्चा गर्दै त्यसमाथि केपी ओलीलले पटक पटक प्रहार गरेको नेता हमालले बताए । ओलीले शान्तिपूर्ण तरिकाबाट संसदीय प्रतिष्पर्धाबाट नेपालका कम्युनिष्टहरुले दुई तिहाइको सरकार बनाउन सक्छन् भन्ने मान्यतामाथि नै प्रहार गर्ने कार्य गरेको हमालले बताए । लामो समयको क्रान्तिपछि राजतन्त्र जस्तो सामान्तवादलाई परास्त गरेपनि ती क्रान्तिबाट प्राप्त उपल्बिधमाथि नै ओलीले प्रहार गरेको उनले बताए ।

271010801_1339771476455650_1229771068030391125_n
ओलीले लोकतन्त्रका्े मूल्यमान्यतामाथि प्रहार गरि प्रधानमन्त्री पद शक्तिशाली हुँदा हुँदै देशका ठूलठूला विकासका आयोजना, गुप्तचर विभाग जस्ता निकायलाई आफ्नै मातहतमा राखेर व्यक्तिवादी चरित्र देखाएको हमालले बताए । नेपालको हालको परिस्थितीमा कुनै एक धर्मलाई प्रसय दिन नमिल्ने भएपनि ओलीले एक धर्मको सहारा लिएर सत्ता टिकाउने प्रयास समेत गरेको हमालले बताए ।
सो भेलामा पार्टीको मार्गदर्शक सिद्धान्त र आजको कार्यभारबारे महासचिव वेदुराम भुषाल, नेपाली क्रान्ति र समाजवादी कार्यदिशा विषयमा उपमहासचिव विजय पौडेल, कम्युनिष्ट आदर्श, मूल्य र मान्यताका बारेमा केन्द्रीय सचिव गरिमा शाह र महिला आन्दोलन र अनेमसंघको कार्यभारबारे केन्द्रीय उपाध्यक्ष तथा अनेमसंघका केन्द्रीय अध्यक्ष जयन्ती राईले प्रशिक्षित गरेका थिए ।

269863772_991153421495622_4704062795650516611_n
‘सामाजिक सुरक्षा र रोजगार सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मुल नाराका साथ शुरु भएको कार्यक्रमको अध्यक्षता मंगला राईले गरेकी थिइन् । भेलाका सहभागीहरुका लागि ‘उठ उठ नारी हो अब डर छैन उठाउ झन्डा बोक कलम अरुको भर छैन’ भन्ने सेल्फी व्यानर पनि राखिएको छ । भेलाको उद्घाटन जयन्ती राईले व्यानर पढेर गरेकी थिइन् । भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का इन्चार्ज घनेन्द्र बस्नेत र प्रदेश अध्यक्ष बलदेव चौधरीलगायतले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।