इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट विद्यार्थीहरुको छाता संगठन अनेरास्ववियूको प्रथम प्रदेश नम्बर एक स्तरीय भेला भोली पुस १८ गते इटहरीमा हुने भएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुने र उहाँबाटै कार्यक्रममो उद्घाटन हुने आयोजकले बताएका छन् ।
कार्यक्रमको विशिष्ट अतिथीको रुपमा नेकपा एसका सचिव तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राई र विशेष अतिथीको रुपमा पार्टीका प्रदेश नम्बर एक अध्यक्ष बलदेव चौधरीको उपस्थिती रहने आयोजकले बताएका छन् । अनेरास्ववियू सुनसरीका अध्यक्ष अतितकिरण नेपालले सम्पुर्ण न्यायप्रेमी, परिवर्तनका पक्षधर देशभक्त लोकतान्त्रीक पक्षधर विद्यार्थीहरुको भेलामा सक्रिय सहभागिता हुने बताएका छन् । अनेरास्ववियू प्रदेश एक कमिटिको आयोजनामा हुने कार्यक्रम इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने कार्यक्रममा रहेको उनले जानकारी दिए ।