इटहरी:बैँकरअनिल केसरी शाहले नेतृत्व गरीरहेको नविल बैँक लिमिटेडले नेपाल बंगलादेश बैंकसँग गाभिने गरी प्रक्रिया अगाडी बढाएको छ ।

Nabil-Bank-logo
दुवै बैँक एक हुने समाचार पुरानो भएता पनि अव भने दुवै बैँक सम्मिलित टोलिले आवश्यक मर्जर प्रक्रिया सुरु गरेका छन्
यी दुवै वाणिज्य बैंक मर्ज भएर ठुलो बैँक बन्ने हल्ला बजारमा नयाँ भने होइन । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिएन । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।

नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बिहीबार नेपाल बंगलादेश बैंकमा रहेको आईएफसी बैंकको शेयर किन्न खोजिरहेका थिए ।

तर त्यसमा विभिन्न अवरोधहरु आइरहेको थियो । तर त्यो अहिले राष्ट्र बैंकले हटाइसकेको छ । अहिले आईसीएफसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर बाहिरिने तयारी छ ।