इटहरीः प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित इटहरीका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका -९ का २२ वर्षीय निशान चौधरी र इटहरी- १२ का २८ वर्षीय दिवस तामाङ रहेका छन् । उनिहरुलाई मोरङको विराटनगर १४ बाट पक्राउ गरिएको हो । 

270099376_284103330416839_7108249344319736933_n


बिहिबार राती ९ बजे सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार रहेका निशान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।

खैरो हिरोईन फेला परे सगै मोटरसाईकल चलाक दिवस तामाङ सहित दुवै जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई विराटनगरकै रानी स्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।