इटहरीः लाहुरे नामले चर्चित र्यापर आशिष राना लागुऔषध मुद्धामा पोखराबाट बुधबार बेलुका पक्राउ परेका छन् ।
उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले बताए । लागुऔषध मुद्दामा उनलाई पक्राउ गरिएको थापाले जनाए ।
उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन् । उनले ताण्डव फिल्ममा पनि अभिनय गरेका छन् ।