‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी

  • पुस १५, २०७८
  • २६९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

काठमाडौंः सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राखेका थिए ।
राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।
निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् । गीताका यसअघि सार्वजनिक गीत ‘यतै घमाइलो, उतै घमाइलो’, ‘तीजमै ब्रत बसी’, ‘बजाउँदै चुरा’ जस्ता गीत लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

विजय श्रेष्ठ बने सुनसरी उद्योग वाणिज्य संघका नयाँ अध्यक्ष

धरानः उद्योग वाणिज्य संघ सुनसरीको निर्वाचन सम्पन्न भएको छ । धरानमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्र ...

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इलामबाट सात राउण्ड गोलीसहित एक जना पक्राउ

इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved