इटहरी :नेपाल राष्ट्र बँैकले आफ्नो बिभिन्न कोषमा रहेको २८ करोड भन्दा बढि रकम लगानी गर्नका लागि बैँक तथा वित्तीय संस्थाहरुलाई आव्हान गरेको छ । तरलता समस्या भोगिरहेको बेला बैँकहरुलाई ३६५ दिने मुद्धती निक्षेप राख्ने गरी केन्द्रीय बैंकले २८ करोड ६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसबाट बैंक तथा वित्तीय संस्थामा तरलता सहज पार्न सजिलो हुनेछ ।
आफ्नो रकम मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १८ गते दिउँसो २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर बोलपत्र पेश गर्नुपर्नेछ । केन्द्रिय बँैकले क , ख र ग वर्गका बैँ कथा वित्तीय संस्थामा यस्तो रकम राख्न लागेको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ४ करोड २० रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।