इटहरी :अब अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुले बर्षको दुई पटक मात्रै विदेशी मुद्राको सटही सुविधा पाउने भएको छन् ।


राष्ट्रको विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले बुधबार सो निर्देशन गरेको हो । विदेशी मुद्रा सन्चिती कायम राख्न केन्द्रिय बैँकले विदेश जानको लागि चाहिने विदेशी मुद्रामा समेत कडाई गरेको छ । भारतबाहेकका विदेशी राष्ट्रमा पर्यटक भिसामा घुम्न जानको लागि राहदानीबापत सटही सुविधा दिने गरेको थियो । सो सटही सुविधा हरेकपटक १५ सय डलर दिने गरिएकोमा अब नयाँ निर्देशन जारी गर्दै वर्षमा प्रति विद्यार्थी दुई पटक मात्र सटही सुविधा दिने भएको छ ।

R 1

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै अब बर्षमा १५ सय डलरका दरले बढिमा दुई पटक मात्र सटही सुविधा उपलब्ध गराउन सर्कुलर जारी गरेको हो । यसअघि बर्षमा जति पटक भिसा लाग्यो, प्रत्येक पटक १५ सय डलरको सटही सुविधा पाइन्थ्यो। राष्ट्र बैंकले बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो ।

कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालेको छ । पहिला सो सुविधा १ हजार डलर सम्म थियो । राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा समेत गर्नुपर्ने सर्कुलरमा उल्लेख छ। राहदानीबाहक आँफै उपस्थित भएको अवस्थामा मात्र सटही सुविधा उपलब्ध हुने ब्यवस्था समेत गरिएको छ।