बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ६ मा रहेको महेन्द्र माविका व्यवस्थापन समिति अध्यक्ष शालिग्राम दाहालले अवैधानिक रूपमा कर्मचारी नियुक्ति गरेको पाइएको छ । दाहालले विद्यालयमा आवश्यक नै नरहेको पदमा आफ्नै बुहारीलाई जबरजस्ती नियुक्त गरेको बुझिएको हो ।
विद्यालयबाट गत भदौ १३ गते लाइब्रेरीयन पदको लागि एकजना कर्मचारीको बिज्ञापन आह्वान गरिएको थियो । त्यसको लागि दरखास्तद्धारा तीनजनाको अन्तरर्वार्ता लिइयो । जसअन्तर्गत सुष्मा गौतमलाई छनौट गरियो भने मिरा पौडेललाई वैकल्पिक उमेदवारको रुपमा राखिएको थियो । पौडेल व्यवस्थापन समिति अध्यक्ष शालिग्राम दाहालकी बुहारी हुन् ।
अहिले उनै अध्यक्षकी बुहारीलाई शिक्षक तथा परीक्षा कर्मचारीका रूपमा नियुक्त गरिएको छ ।
व्यवस्थापन समितिको पौष महिनामा बसेको बैठकले मिरा पौडेललाई कर्मचारी नियुक्त गर्ने विषयमा म्यान्युट गरेको व्यवस्थापन अध्यक्ष दाहालले दावी गरेका छन् । दाहालले भदौ १३ मा खुलाइएको लाइब्रेरी कर्मचारीको बैकल्पिक उमेदवारलाई परीक्षा फार्टको जिम्मेवारी दिनेगरी कर्मचारीको रूपमा नियुक्ति गरेका छन् । जसको लागि अर्को बिज्ञापन आह्वान गरिरहन आवश्यक नरहने उनको तर्क छ । यद्यपि भदौ महिनामा आह्वान गरिएको बिज्ञापन लाइब्रेरी कर्मचारीको लागि भएपनि नवनियुक्त पौडेलले शिक्षक ९दिउँसो तल्लो तहका कक्षाका लागि० तथा परीक्षा फाँटको कर्मचारीको रूपमा जिम्मेवारी पाएकी छन् ।
यता, व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि कृष्णराज नेपाल र अन्य सम्पूर्ण कर्मचारीहरु समेत यसबारे अनबिज्ञ रहेको बुझिएको छ ।
विद्यालयका एक शिक्षकले भने, विधालयमा ७ सय बिद्यार्थी हुँदा पनि २र३ जना कर्मचारीले काम गर्नुभएकै थियो, उनले प्रश्न गरेका छन्, अहिले विद्यार्थी घटेर ४ सय हुँदा पनि कर्मचारी थप्नुपर्ने आवश्यक कसरी भयो ?
विद्यालयलाई कर्मचारी आवश्यक परेको हुनाले नियुक्ति गरेको प्रधानाध्यापक चण्डीराज पोखरेलले बताए । कार्य सहजताका निम्ति प्रधानाध्यापकले व्यवस्थापन समितिमार्फत कर्मचारी नियुक्त गर्न पाउने भएकोले अन्य स्टाफलाई सोधिरहन आवश्यक नरहेको उनको तर्क छ ।
यसबाट वार्षिक १ लाख ८ हजार अनावश्यक खर्च भइरहेको छ । विद्यार्थीको शुल्कबाट चलिरहेको विद्यालयलाई अनावश्यक कर्मचारी राखेर एकातिर अध्यक्ष लगायतका आफन्त भर्ती भइरहेका छन् भने अर्कोतर्फ विद्यालयको अनावश्यक खर्च वृद्धि भइरहेको छ । यद्यपि विद्यालय प्रशासन यस् निर्णयलाई पुनर्बिचार गर्ने मनशायमा देखिएको छैन् ।