इटहरी:सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेका हो ।

बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको बताइएको छ ।
गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मीले एक विज्ञप्ती जारी गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बताएका छन् ।