अंग्रेजी नयाँ बर्षमा इटहरी तताउन आउँदैछन् यी चर्चित कलाकार

  • पुस १४, २०७८
  • ५३७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः अंग्रेजी नयाँ वर्ष सन् २०२२ अवसरमा आफ्नो सांगेतिक प्रस्तुति दिन यहि पुस १७ गते शनिबार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितको कलाकार आउने भएका छन् । ग्यालरी इभेन्ट प्रालीको आयोजनामा ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन् ।

शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गंगा गौतम, सुमन परियार, स्पर्श व्याण्ड, विशाल पोखरेल, बिहानी डान्स सेन्टरले समेत कार्यक्रममा प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक विजय गिरीले जानकारी दिए ।

कार्यक्रममा पछिल्लो समय चर्चित सामाजिक सञ्जाल ‘टिकटक’बाट अधिक दर्शकहरूले रुचाएका ‘टिकटकरहरु’ सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडि, मोडल विनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने छ ।

कार्यक्रममा प्रवेशका लागि सामान्य तर्फ टिकट दर २५० र भिआइपी टिकट १००० तोकिएको आयोजकले जानकारी दिएको छ । टिकट खरिद गर्ने मध्ये भाग्यशाली दुई जनाले लक्की ड्र मार्फत स्मार्ट फोन दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई ‘टुर्वेग बियर’ र ‘प्रिन्सेस वाइन’ले प्रयोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

उपभोक्ता ठगीको आरोपमा नौ ओटा पसलमाथि कारबााही

पर्साः वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई ...

इलामबाट सात राउण्ड गोलीसहित एक जना पक्राउ

इटहरीः इलामको सूर्योदय नगरपालिका–९ ढोडेबाट प्रहरीले सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको ...

तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित, वार्षिक पाँच करोडको ढाका निर्यात गर्दै

तेह्रथुमः तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved