इटहरीःसुनसरी जिल्लाको भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल रहेका छन् । । सोहि गाउँ पालिकामा रहेको मोडल पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सिपियु ३ थान , एलसिडि ३ थान , प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर थान २ चोरी भएको थियो ।

270197611_282956430531529_5381281195343202107_n
चोरी भएको सुचना पाउनासाथ खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो । दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको ताला काटी उक्त समानहरु चोरी गरका थिए ।
बरामद भएको समान सहित चोरीमा सम्लग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।