उर्लाबारीको सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते
- पुस १४, २०७८
- प्रदेश पोर्टल
उर्लाबारी :मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर ८ स्थित भित्री सडक खण्डमा मंगलबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएको उर्लाबारी प्रहरीले बताएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ३ का २० बर्षिय मंगल सिंह राई रहेका छन् ।
मंगलबार राती ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको पिकअप भेनले ठक्कर दिएको थियो । घाईते भएका मोटरसाईकल चालक झापा दमक वडा नम्बर ३ का १९ बर्षिय बिकाश घले र पछाडि सवार सोही स्थानका २० बर्षिय मगल सिंह राईको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा राईको मृत्यु भएको र घलेको उपचार भइरहेको प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय उर्लावारीवाट फरार सवारी साधनको खोज तलास तथा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ