दमक:झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर २ भाङबारीको भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिँदा मोटरसाईकलमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । मंगलबार राती साढे १० बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १–०२–४३ प. ६९२६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका राप्ती नगरपालिका वडा नम्बर ४ चितवनका १९ बर्षीय किसन बि.क., खोटाङ जिल्ला चिसापानी का २३ बर्षीय अमित बि.क. र ताप्लेजुङ न्याङ्कोल्याङ गाँउपालिका वडा नम्बर ३ का अनिल बि.क. को घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई शवलाई परिक्षणको लागी दमक अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।