इटहरी: प्रहरीले सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।270248101_282937013866804_563351257934416501_n

कटुवा पेस्तोल सहित पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचना पाएपछि ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवीबाट शाहलाई पक्राउ गरेका बताइएको छ । शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ