इलामः इलामको पर्यटकिय क्षेत्र सन्दकपुर क्षेत्रमा हिउँ परेको छ । सन्दकपुर गाउँपालिका ४ को सन्दकपुर डाँडा, सन्दकपुर र माईजोगमाईको सिमानामा पर्ने जौवारी, थुम्केमा, लगायतका जिल्लाका माथिल्लो भू भागमा हिउँ परेको हो । हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असजह भएको स्थानीय किरण राईले बताए । उनले भने -केटाकेटी ,वृद्धवृद्धा र सूत्केरी लाई चिसोका कारण समस्या भएको छ ।

लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्नका लागि कठिनाई भएको किसानहरुको भनाई छ । चिसोका कारण घर बाट बाहिर निस्कनका लागि समस्या भएकाले गाईवस्तुलाई घाँसपातमा पनि समस्या भएको राईको भनाई छ ।
सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ । हरेक बर्ष सन्दकपुर क्षेत्रमा हिउँ परेसंगै छिमेकी देश भारतबाट पर्यटकहरू हिउँको मज्जा लिन आउने गरेको गाउँपालिका अध्यक्ष उदय राईले बताए । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ ।

269836019_2997816847136948_3510549019880847922_n 269842134_627819798369458_823890196491456076_n 269851595_725507625100163_6349677591695515005_n 269845867_225981023031344_6923530299576107763_n 269921104_4620611634658539_3028089001512371238_n 269857898_581525223265379_5727310069712234080_n