झापाः झापाको झापा गाउँपालिका ४ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको किच्दा चालकको मृत्यू भएको छ । मंगलबार दिउँसो २ बजे मे १ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिइ दुर्घटना हुँदा सोही ट्याक्टरका चालक झापा गाउँपालिका४ का २२ वर्षीय सुनिल हेमरनको मृत्यु भएको हो । ट्याक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।