इटहरीः होमवर्क नगरेको आरोपमा इटहरीमा एक शिक्षकले विद्यार्थीलाई शरिरमा निलडाम बस्ने गरि  कुटपिट गरेको खवर बाहिर आएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलकी १० वर्षीया छात्रालाई निर्घात कुटपिट गरिएको हो ।

छात्रा सुरक्षा तामाङ्गलाई होमवर्क नगरेको निहुँमा सो बिद्यालयका कम्प्युटर शिक्षकको रुपमा कार्यरत सुजन दाहाललले शरिरमा निलडाम हुने गरि कुटेको   सुरक्षाकी आमा वीरमाया तामाङ्गले बताएकी छन् । सुरक्षा तामाङ पाँच कक्षामा अध्ययनरत छात्रा हुन् । शिक्षक सुजनले होमवर्क नगरेको आरोपमा सुरक्षालाई पाखुरामा पाँच बक्सिङ हिर्काएको सुरक्षाले बताएकी  छन् ।  बालिकाको पाखुरामा नीलडाम प्रस्ट सँग देख्न सकिन्छ । उनको पाखुरा सुन्निएको छ भने आमा वीरमायाले शिक्षकलाई कारबाकी गर्न माग गर्दै विद्यालयका प्रद्यानाध्यापक देवकुमार दाहाल समक्ष माग गरेकी छन्  ।