विराटनगरःसिमावर्ती क्षेत्रमा बिशेष निगरानी बढाई प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था मजवुद बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले झापा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणको क्रममा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सो कुरा बताएका हुन् । खुल्ला सिमानाको कारण जिल्लामा हुने बिभिन्न अपराधिक गतिविधिहरुलाई निस्तेज गर्न अहोरात्र प्रहरी तैनाथ रहनु पर्ने उनले बताए ।

270207619_282482297245609_7074362788788234300_n
खुल्ला सिमाको कारणबाट हुने अपहरण, विस्फोटक पदार्थको ओसारपसार, मानव बेचबिखन, साना हतियार ओसापसार, जाली नोटको कारोवार, लागूऔषध ओसारपसार, भन्सार छली गरी चोरी निकासी जस्ता अपराधिक गतिविधिहरु जिल्लामा हुन गर्न नपाउने गरी कडा सुरक्षा ब्यवस्था मिलाई प्रहरी परिचालन गर्न निर्देशन दिए ।
निर्देशनकै क्रममा वहाले सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी आचार संहिताको पुर्णरुपमा पालना गर्न, शुन्य सहनशिलताको निति अपनाउन र आमनागरिक तथा सेवाग्राहीहरुलाई बिनम्रताका साथ सभ्य र शिष्ट बोलीवचन प्रयोग गरी बिना झंझट प्रहरी सेवा प्रदान गरी प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने गरी उच्च नैतिकताका साथ आफ्नो जिम्वेवारी वहन गर्न समेत निर्देशन दिए ।

270353195_282482047245634_5470910583949110684_n