इटहरी :इटहरीका १८ बर्ष भन्दा माथिका नागरिकका लागि इटहरी उपमहानगरपालिकाले भोलि पुस १४ गते बुधबारबाट कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको कार्यतालिका अनुसार कोभिड बिरुद्धको भेरोसेल खोप इटहरीका सबै वडाहरुमा १८ बर्ष भन्दा माथिका सबै नागरिकका लागि लगाइनेछ ।
खोप बुधबार देखि १८ गते आइतबार सम्म लगाइने उपमहानगरले बताएको छ । जस अन्तर्गत हाँसपोसा स्वास्थ्य चौकि मार्फत वडा नम्बर १९, २० र १ का नागरिकका लागि क्रमश बुधबार शुक्रबार र आइतबार पचांयन रजत जयन्ति विद्यालय इटहरी १९, असहाय भवन तरहरा इटहरी २० र हाँसपोसा स्वास्थ्य चौकी भवन इटहरी १ मा लगाइने छ ।
त्यसैगरी खनार स्वास्थ्य चौकि अन्तर्गत वडा नम्बर १० र ११ लाई बुधबार मनमोहन आधारभुत विद्यालय इहटरी १० मा वडा नम्बर ११ लाई बुधबार भानु आधारभुत विद्यालय इटहरी ११ मा वडा नम्बर १२ र १३ लाई शुक्रबार शारदा उच्च मावि इहटरी १२ मा र वडा नम्बर १०, ११, १२ र १३ का छुटलाई खनार स्वास्थ्य चौकि इटहरी १२ मा शुक्रबार लगाइने तालिकामा उल्लेख गरिएको छ ।
त्यस्तैगरी पकलि स्वास्थ्य चौकि अन्तर्गत वडा नम्बर १७ का नागरिकलाई बुधबार , शुक्रबार र आइतबार पकली स्वास्थ्य चौकि इटहरी १७ मा वडा नम्बर १८ का नागरिकलाई बुधबार , शुक्रबार र आइतबार वडा कार्यालय इटहरी १८ मा खोप लगाईने बताइएको छ ।
एकम्बा स्वास्थ्य चौकि अन्तर्गत वडा नम्बर १४ का नागरिकलाई बुधबार शान्ति सृजना मावि इटहरी १४ मा वडा नम्बर १५ का नागरिकलाई शुक्रबार र आइतबार वडा नम्बर १५ को कार्यलयमा र वडा नम्बर १६ का नागरिकलाई शुक्रबार र आइतबार एकम्बा स्वास्थ्य चौकि भवनमा लगाइने भएको छ ।
ठुलो जक्सनको रुपमा मानिएको इहटरी अस्पताल अन्तर्गत वडा नम्बर २ देखि ९ सम्मका नागरिकलाई खोप दिइने तालिका छ । जस अनुसार वडा नम्बर २ का नागरिकलाई बुधबार र शुक्रबार वडा नम्बर २ को कार्यलयमा वडा नम्बर ३ का नागरिकलाई बुधबार र शुक्रबार आधारभुत स्वास्थ्य केन्द्र इटहरीमा साथै वडा नम्बर ४ का नागरिकलाई बुधबार र शुक्रबार सामुदायिक अस्पताल इटहरी ४ मा कोरोना विरुद्धको खोप दिइनेछ भने वडा नम्बर ५ का नागरिकलाई शुक्रबार र आइतबार आधारभुत स्वास्थ्य केन्द्र भवन इटहरी ५ मा , वडा नम्बर ७ का नागरिकलाई बुधबार र आइतबार आधारभुत स्वास्थ्य केन्द्र इटहरी ७ मा र वडा नम्बर ८ का नागरिकलाई बुधबार र आइतबार आधारभुत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप दिइने कार्यतालिका छ ।
इटहरी नगरपालिकाकी प्रमुख महिला विकास अधिकृत भोजकला दवाडीका अनुसार वडा नम्बर ६ र ९ का नागरिकलाई शुक्रबार र आइतबार किराँत राई यायोक्खाको भवन इटहरी ९ मा खोप दिने कार्यतालिका छ ।
खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नागरिकता अथवा अन्य कुनै सरकारी कागजपत्र लिएर आउन नगरपालिकाले अनुरोध गरेको छ । पहिलो डोज लिएर दोस्रो डोज छुटेका नागरिकलाई पनि भेरोसेलको यो खोप लिन आउन नगरपालिकाले अनुरोध गरेको छ ।