इटहरी:नेकपा एकिकृत समाजवादि निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियुले धरानमा रहेको महेन्द्र बहुमुखि क्याम्पसमा आफ्नो कार्यसमिति निर्माण गरेको छ ।
सम्पुर्ण प्रगतिशील,देशभक्त , बामपन्थी विद्यार्थीहरु एक हौँ भन्ने नाराका साथ क्याम्पसमा कमिटि गठन गरिएको संगठनले बताएको छ ।
सदैव विद्यार्थीहरुको हकहितका लागि लड्दै आएका अनेरास्ववियुले शैक्षिक मुद्धालाई उजागर गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
नेकपा एस निकट अनेरास्ववियुको महेन्द्र बहुमुखि क्याम्पस धरानको नव गठित समितिमा सन्देश आङ्गवोहाङ्ग अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा रेगन राई र सचिवमा खेमराज गुरुङ्ग सह सचिवमा पुजा कार्कि र कोषाध्यक्षमा सम्झना धिमाल रहेको बताइएको छ ।
आफ्नो कार्यसमिति गठन पछि बिद्यार्थिहरुले आफ्नो संगठन रहेको जानकारी क्याम्पस प्रमुखलाई गराएको अनेरास्ववियु सुनसरीका अध्यक्ष अतित किरण नेपालले बताएका छन् ।