इटहरी :सिमेन्ट कम्पनीहरु एक पछि अर्को गर्दै पब्लिक कम्पनीमा जाने क्रम बढेको छ । शिवम सिमेन्ट सवोत्तम सिमन्ट जस्तै सिमेन्ट कम्पनी अर्घाखाँची सिमेन्ट कम्पनीेले पनि आगामि माघ ५ गते हुने वार्षिक साधारण सभामा आईपिओ निस्कासन गर्ने प्रस्ताव पारित गराउने भएको छ ।
सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आइपीओ निष्काशनका लागि सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि छ । यी प्रस्तावलाई संसोधन गरेर मात्रै सेयर निस्कासन गर्न गरी पारित गर्न मिल्छ । त्यसैगरि आर्थिक वर्ष २ं०७७–७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २ं०७८–७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि साधारण सभाको रहेको बताइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेड सिमेन्टको इजाजत प्रदान गरेको छ । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालको सिमेन्ट कम्पनीमा उत्कृष्ट कम्पनीमध्येको एक हो ।