इटहरीः मोरङ्गको बिराटनगरमा कर्पोरेट कार्यलय रहेको सप्तकोसी डेभलपमेन्ट बैङ्कबाट हिनामिना गरिएको भनिएको १५ करोड भन्दा बढि रकममा दाजुभाइको मिलेमतो भएको तथ्य खुलेको छ ।
बँैकको रेमिट्यान्स तर्फको १५ करोडभन्दा बढी रकम हिनामिना भएको पाइएपछि केन्द्रिय बैँक, सिआईबी र प्रहरीले सयुक्त रुपमा त्यसको अनुसन्धान गरिरहेका छन् भने पछिल्लो अनुसन्धानका क्रममा बैङ्कका सिइओ नवीन सुवेदी र रेमिट शाखाका प्रमुख हिमाल भट्टराईको मिलेमतो भएको कुरा बाहिर आएको छ । बैँकको जेनेरस सर्भिस डिपार्टमेन्टमा कामगर्दै आएका हिमाल भट्टराई यस अघि नै प्रहरीको हिरासतमा छन् भने बैँकका सिइओ र भट्टराइकै संलग्नतामा सो रकम हिनामिना भएको बताइन्छ । पक्राउ परेका भनिएका भट्टराई र सिइओ सुवेदी नाताले दाजुभाइ अर्थात मामा–फुपूका छोरा हुन । उनीहरूमाथि आफन्तको फेक एकाउन्ट बनाएर रकम ट्रान्सफर गरेको आरोप छ ।
भटराई प्रहरी हिरासतमा छन् भने सुवेदीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बैँकले ठुलो रकम हिनामिना भएपछि आन्तरिक अनुसन्धान गर्दै प्रहरी र केन्द्रिय बैँकलाई पनि अनुसन्धानमा सघाउन भन्दे निवेदन दिएपछि तिव्ररुपमा अनुसन्धानको काम भईरहेको छ ।
भट्टराईलाई मात्रै पक्राउ गरेको भन्दै हिमालका आफन्तले विराटनगरमा पत्रकार सम्मेलन गरेर सिइओ सुवेदीकै योजनामा हिनामिना भएको दाबी गरेका छन् ।
रेमिट शाखाबाट भएको अपचलनमा बबिता सुवेदीको नाममा १४ करोडभन्दा बढी रकम ट्रान्सफर भएको राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ । उनी सिइओ सुवेदीको नाताले बहिनी पर्छिन ।
हिमाल भट्टराईको विभिन्न पाँचवटा बैङ्कको खातामा एक करोड रुपैयाँ जम्मा गरेका छन । बैङ्कको पैसा उनले आफ्नो खातामा राखेको खुलेको हो ।
हिनामिनाको विषय बाहिर आएपछि प्रहरीमा जाहेरी दिइएको बैँकको भनाई छ । बैङ्कले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मङ्सिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैङ्कमा कार्यरत छन् ।
करोडौ रकमको हिनामिना भएकाले एक जनाले मात्रै यत्रो ठुलो रकम हिनामिना गर्न नसक्ने भन्दै बैङ्क र राष्ट्र बैँकले पनि एक भन्दा बढि व्यक्तिको संलग्नता भएको हुन सक्ने भन्दै नयाँ सिराबाट अनुसन्धान गर्न लागेको बताएको छ । हिनामिनामा बैँकको कर्जा शाखा, सिइओ सुवेदि सहित , जिएसडि बिभाग र अन्य केहि कर्मचारीको पनि संलग्नता आशँका गरिएको स्रोत बताउँछ ।