इटहरी:प्रहरीले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ बाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको बि.एस. होटलबाट भारत अररिया बासमटिया बिहारका ३५ बर्षिय बिभानन्द राम र ३१ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको बताएको छ ।

होटलको कोठामा बसिरहेको अवस्थामा खानतलासी गर्दा निजहरुको साथबाट पेस्तोल २ थान, म्याग्जिन ४ थान, ७ दशमलव ६५ एमएम को गोली ३ राउण्ड, मोबाइल १ थान, बिआर ५० के ०१४९ नम्वरको मोटरसाईकल र भारतिय रुपैया २ हजार सहित बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईररहेको प्रदेश प्रहरी कार्यलय बिराटनगरले बताएको छ ।

food festival