झापा: झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय तेज प्रकाश पराजुलीको हत्या गरेको अभियोगमा सोही नगरपालिका वडा नम्बर १ बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गमा रहेको रक्षा फेन्सी पसलमा काम गर्ने तेज प्रकाश सोही मार्केटको भवनभित्र रहेको धारामा पानी लिएर पसलतर्फ फर्कने क्रममा धारिलो हरियात प्रहार गरिएको थियो । पराजुलीको घाँटी तथा अनुहारको भागमा धारिलो हतियारले काटी बेहोस भएको अवस्थामा फेला परेका पराजुली उपचारको लागि लाईफ लाइन अस्पताल दमक र थप उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
अर्जुन र तेज प्रकाशबिच २÷३ महिना अगाडि झै–झगडा हुँदा अभियुक्तलाई कुटपिट गरी टाउकोको भागमा चोट समेत लागेको घटनापश्चात रिसईबि राखी बदलाको भावना लिई अर्जुनले धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुल्न आएपछि अर्जुनलाई घटनामा प्रयोग भएको धारिलो हतियार १ थान दाउ सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने आरोपिलाई जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।