इटहरी:मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ३ कंचनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ बस्ने २१ बर्षिय पारस कालिकोटे रहेका छन । कालिकोटेलाई
आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट परिचालित भएको प्रहरी टोली परिचालन पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ