इटहरी :झुम्का जेसीजको बर्ष २०२२ का लागी सामाजिक क्षेत्रमा सक्रिय युवा द्धारिका घिमिरे निर्वाचित भएका छन् ।
रामधुनि नगरपालिका वडा नम्बर ५ मा शनिबार सम्पन्न भएको निर्वाचन प्रक्रियाबाट घिमिरे बर्ष २०२२ का लागि अध्यक्षमा निर्वाचित भएका हुन । घिमिरे निकटतम प्रतिद्धन्दि आशा चौधरीलाई हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
ीघमिरेसँगै बर्ष २०२२ का लागि कार्यकारी उपाध्यक्षमा विनोद कोइराला र गोविन्द आचार्य निर्वाचित भएका छन् भने उपाध्यक्षमा नोवेल चौधरी, उत्सव बस्नेत , अनिस उप्रेती र सन्दिप राउत निर्वाचित भएका छन् ।
अध्यक्षले मनोनयन गर्ने केहि पदहरुमा समेत पदपुर्ती गरिएको छ । मनोनयन भएका पदहरुमा महासचिवमा रोशन खड्का, सचिवमा मनिष काफ्ले,कोषाध्यक्षमा धिरज कटुवाल, वोर्ड सल्लाहकारमा कमला कार्की थापा मनोनयन भएका छन् । त्यसैगरी अध्यक्ष घिमिरेले जनसम्पर्क अधिकारीमा प्रतिक खतिवडा र कानुनी सल्लाहकारमा सरोज कोइरालालाई छानेको निर्वाचन समितिले जानकारी दिएको छ ।
रामधुनि नगरपालिका वडा नम्बर ५ स्थित कल्पवृक्ष पार्टि प्लालेसमा भएको कार्यक्रममा कार्यकारी उपाध्यक्षको लागि ४ जना र उपाध्यक्षको लागि ५ जना विचमा निर्वाचन भएको थियो ।