इटहरी :वैदेशिक रोजगारको लागि युरोपको फिनल्याण्ड लैजाने भन्दै फेसबुकबाटै राजगारी मिलाइदिने भनेर ठगि गर्ने काठमाण्डौका अमित थामीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रिय अनुसन्धान व्युरो सिआइविका अनुसार विनोद तामाङ्ग नामको फेसबुक एकाउण्ट चलाएर थामिले सेक्युरिटि गार्डको काममा युरोपको पिनल्याण्ड लैजाने भन्दै ठगि गरेको सार्वजनिक भएको थियो ।
विभिन्न ५ जनाबाट २१ लाख रुपैयाँ बराबर रकम लिएपछि थामि फोन सम्पर्कबाट हराएको भन्दै पिडितहरुले प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाले अनुसन्धान अगाडी बढाउको बताएको छ । थामिले सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईलमा फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भनि पोष्ट गरेकोले उक्त सेक्युरिटी गार्डको लागि पिडितले कागजातहरूको फोटो पठाएकोमा विनोद तामाङले बाट फोन गरी कुराकनी गर्दा आफु मेनेजर हुँ भन्दै, तपाईको कागजातहरू पाएँ, फिनल्याण्डको मा सेक्युरिटी गार्डमा आउनको लागि तयारी हुनुहोस भनि आश्वासन दिलाएका थिए । पछि थामिले इमेलमार्फत ईम्पोल्मेन्ट, जब कन्फर्मेसन लेटर लगायतका कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा प्रोसेसिङको लागि रू.१,५०,०००।– अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनु भनि हवाई कागजातहरू पठाई विश्वास दिलाई फिनल्याण्ड जान भिषा टिकट, होटल बुकिङको कागज लगायत हवाई टिकट पठाएका थिए । पिडितले पटक पटक गरी बैक खातामा एक्काइस लाख रुपैँया जम्मा गरेको थाहा भएको छ । अमित थामीले पैसा लिए पश्चात मोबाईल अफ गरी सम्पर्कविहिन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएपछि खोजतलास गरि पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भनि पिडितहरुले निवेदन दिएका थिए । शम्भु घले समेत गरी ५ जनाले महाशाखामा निवेदन दिएको आधारमा महाशाखाबाट खटिएको टोलीले शुक्रबार जिल्ला काठमाण्डौको गौरीघाटमा फेला पारी कारबाहिका लागि काठमाण्डौ प्रहरी परिसरमा पठाएको बताइएको छ । थामि इलाम जिल्ला माईजोकमाई गाउपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका.वडा नं. ७ चावहिल बस्दै आइरहेका थिए ।