इटहरी:प्रगतीशील शिक्षक संगठनको शनिबार इटहरीमा बसेको भेलाले शिक्षक सेवा आयोगले शिक्षक पदपुर्तीका लागि गरेको विज्ञापनमा उमेरहद ४० बर्ष राखिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।

पुरानो नियमावलीमा आधारित भएर शिक्षासेवा आयोगले हालै खुल्ला गरेको शिक्षक आयोगको सूचना प्रकृयालाई संसोधन गरी वर्तमान तहगत आधारमा आधारभूत तह र माध्यमिक तहको व्यवस्था बमोजिम सेवा आयोगबाट शिक्षक पदपूर्ति गर्न माग गरेको छ ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरी नगरकमिटिको घोषणा गर्दै इटहरी घोषणापत्र सार्वजनिक गरेका शिक्षकहरुले विभिन्न तहमा माग भएको शिक्षकको विज्ञापनमा उमेरहद तोक्नु जायज नभएको तर्क अघि सारेको छ । साथै प्रगतिशील शिक्षक सङ्गठन निर्माणको उद्गम स्थल, ऐतिहाँसिक भूमी मकवानपुर जिल्लाको हेटौडा स्थित श्री भुटनदेवी मा वि को प्राङ्गणमा सहिद शिक्षकहरुको स्मारक बनाउनको लागि इटहरीबाट पनि प्रति शिक्षक दश रुपैयाका दरले सहयोग संकलन गर्ने भएको छ ।
प्रगतिशील नेपाल राष्टिय शिक्षक संगठन इटहरी नगर कमिटिको घोषणा सभा पछि घोषणापत्र सार्वजनिक गर्दै शिक्षकहरुले बाल विकास शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षक लगायत सम्पूर्ण शिषकहरूका जायज माग यथासिघ्र पुरागर्न सञ्चालन गरेको आन्दोलन प्रति हार्दिक एक्यवद्धता समेत प्रकट गरेको छ ।270015288_3036816539917253_310265735245184428_n
सम्मेलनले शिक्षकको पेशागत हक अधिकार शुनिश्चित गर्न इटहरीका आम शिक्षकहरूलाई गोलबन्द गरी प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध गरी स्थानीय स्तरमा सङ्गठन निर्माण गर्न तथा सङ्गठनलाई ट्रेडयुनियन ऐन अनुसार दर्ता गर्न हस्ताक्षर सङ्कलन अभियानलाई यथासिघ्र सङ्कलन गर्ने निर्णय गरेको छ ।
नेपाली शिक्षकहरूको स्वभिमानलाई उच्च राख्न पेशागत आन्दोलनको सहयात्रामा पेशागत महासङ्घको सक्रिय सहभागी घटकको रुपमा इटहरी उपमहानगरपालिकामा कृयासिल रहने निर्णय बताउँदै घोषणापत्रमा १८ किसिमका शिक्षक होइन एकै किसिमका स्थायी शिक्षक बनाइनु पर्छ भन्ने मागलाई उठाएको छ ।
शिक्षा सेवालाई थप मर्यादित र सम्मानयुक्त बनाउन अन्य कर्मचारी भन्दा शिक्षकहरूको सेवासुविधामा कम्तिमा १० प्रतिशत बढिहुनु पर्ने व्यवस्था प्रवन्ध गर्न नेपाल सरकार समक्ष माग गरेको छ । शिक्षा क्षेत्रमा इटहरीको कुल बार्षिक बजेटको २० प्रतिशत रकम विनियोजन गर्न उपमहानगरपालिका समक्ष माग गरेको छ ।
सम्मेलन शिक्षा क्षेत्रमा विद्यमान विसङ्गतिहरूको निकासका लागि सङ्घीय शिक्षा ऐन, लगायत शिक्षा सम्बन्धी कानुनहरू यथासिघ्र जारी गरियोस भनी माग समेत गरेको छ । सम्मेलन शिक्षकहरूका मर्यादाक्रम कायम गर्न माग गर्दछ साथै शिक्षकहरूलाई तहगत र श्रेणीगत बढुवाको क्रमलाई यथासिघ्र नियमित गरी विशिष्ट श्रेणीसम्म बढुवाको प्रवन्ध गर्न माग गरेको छ ।
विद्यालय कर्मचारी र शिक्षकहरू माथि भएको विभेदपूर्ण सेवा सुविधालाई मिलान गरी यथासिघ्र दरबन्दी कायमगरी सेवा निरन्तरताको प्रबन्ध गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको छ
त्यसै गरी कक्षा ११ र १२ र प्राविधिकद्धारा सञ्चालित कक्षा सञ्चालन गर्न अनुदानमा नियुक्ति गरिएका शिक्षक प्रशिक्षकहरूका समस्याहरूको उचित सुनुवाई गरी सेवा स्थायित्वको प्रबन्ध गर्न माग गरेको छ ।
यो सम्मेलन इटहरी उपमहानगरका विद्यालयमा दरबन्दी थप गरी यथासिघ्र शिक्षक दरबन्दी मिलान गर्न माग गर्दछ ।
यो सम्मेलन नेपाल लगायत विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोभिड १९को प्रकोपबाट ज्यान गुमाउनु भएका इटहरीका शिक्षकहरू प्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ र यसको सङ्क्रमण प्रकोपबाट पीडीत शिक्षकहरूप्रति सहानुभूति र यथाशिघ्र पुर्ण स्वस्थ्यलाभको कामना गरेको छ ।