इटहरी :एक समय सहकारी दर्ता गर्ने लहर नै चलेको थियो । दर्ता त धेरै भए तर चल्न चलाउन सदस्यका विचमा कारोबार गर्न र गराउन चानचुने नेतृत्वले सक्ने कुरै भएन ।
एउटै संस्थामा भएका सदस्यविचमा आर्थिक पारदर्शिता सहितको कारोबार गर्न सहकारी संस्थाहरु जन्मिन्छन् । तर जन्मिएजति सबै सहकारी संस्थाहरु उत्कृष्ट बन्दैनन् । उत्कृष्ट सहकारी संस्था बन्नको लाग उत्कृष्ट भिजन भएको नेतृत्व पनि चाहिन्छ त्यस्तै कुरा लागु हुन्छ रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको उज्वल उपभोत्ता सहकारी संस्था लिमिटेडमा पनि ।
बचत तथा ऋण, बहुउदेश्यि, उपभोत्ता या त कृषि जुन उदेश्यको सहकारी भएपनि बचत र ऋणको कारोबार त सबै सहकारीमा हुन्छ नै । आफ्नै सेयर सदस्यबिच मात्रै कारोबार हुने भएकाले धेरै स्थानिय तहका सदस्यहरुको जिवन स्तरलाई सहकारीले निकै माथि उठाएका प्रशस्त उदाहरणहरु छन् । उज्वल उपभोक्ता सहकारीले पनि आफ्ना सदस्यका विचमा बचत तथा ऋणको कारोबार गर्नुको साथै उपभोत्ता पसलको रुपमा डेरी सन्चालन गरीरहेको छ ।
उज्वल उभपोत्ता सहकारीले हालै आफ्नो १३ औँ साधारणसभा समेत सम्पन्न गरीसकेको छ । तेह्रो साधारण सभा सम्पन्न गर्दै गर्दा गत एक बर्षमा १ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका संचालक समिति अध्यक्ष भरत कार्कि बताउँछन् ।
कुनै बेला सहकारी चलाउन नसक्ने अवस्थामा आएपछि झोलामा सिमित भएको संस्थालाई माथि उठाउन युवा नेतृत्व अघि सरेर आएको रहेछ उज्वल उपभोत्ता सहकारी सस्थामा । रामधुनी नगरपालिकामै स्थायी घर भएका युवा चारस निरौला उज्वल उपभोत्ता सहकारीका व्यवस्थापक हुन । सहकारी गुमनाम हुने अवस्था आएपछि सुधारका लागि आफैँ सक्रिय भएको यसको व्यवस्थापनमा लागेको चारस बताउँछन् ।“ फलानोले खोलेको सहकारी डुव्यो । सेयरधनीको पैसा खायो भन्ने अवस्था नआओस भनेर व्यावस्थापनका आफैँ खट्न थालेँ । ”चारसले सुनाए ।
२०६५÷६६ सालमा स्थापना भएको उज्वल उपभोत्ता सहकारी संस्थामा चारसले व्यावस्थापकको जिम्मेवारी लिएको ५ बर्ष जति भएको रहेछ । आफु आएपछि झुम्काका अन्य जुझारु युवाहरुलाई पनि सहकारीमा समेटेर ल्याएको चारसको भनाई थियो । पहिला डिभिजन सहकारीमा दर्ता भएको उज्वल देश संघियतामा गएसँगै नगरस्तरिय सहकारीमा गएको रहेछ । अहिले उज्वल उपभोत्ता सहकारी रामधुनी नगरपालिकाले हेर्ने सहकारीमा पहिला ५ सहकारी भित्र आउने दावी उज्वल उपभोत्ता सहकारी संस्थाका संचालक समिति अध्यक्ष भरत कार्किको छ ।
भरत कार्कि जस्ता युवा व्यावसायिको संचालकमा आगमन भएपछि सहकारीले फड्को मारेको व्यावस्थापक चारस निरौलाले बताए । चारसका अनुसार उज्वल उपभोत्ता सहकारीसँग अहिले सक्रिय रुपमा ६ सय भन्दा बढि सदस्यहरु रहेका छन् । संस्थाको सेयर पुँजी मंसिर मसान्तको डेटा अनुसार ५३ लाख ५१ हजार भन्दा माथि रहेको रहेछ ।
नगर स्तरका सहकारी संस्थाहरुलाई नियामन गर्ने निकाय फितलो भएको चारसको पनि बुझाई छ तर अहिले सहकारीमा समस्या आयो भन्ने खबरहरु त्यत्ति बाक्ला छैनन् त्यहि भएर पनि हड्वडाउने अवस्था भने नआएको चारस बताउँछन् ।
उज्वल उपभोत्ता सहकारीले पहिले पनि उपभोत्ता पसल सन्चालन गरेको थियो । उपभोत्ता पसल सन्चालन गर्दा केहि अनुदान पनि आएको थियो तर युवा सोच अनुसार व्यावस्थित बन्न नसक्दा अव्यवस्थित भएर उपभोत्ता पसल बन्द गरेको व्यवस्थापक निरौलाले बताए ।
सेयर सदस्यविचमै कारोबार हुने भएकाले पनि धेरै सहकारीको ऋण विना धितो जाने गर्छ । बैँक तथा वित्तीय संस्थाहरुमा ऋण दिनु भन्दा पहिला कर्जा सुचना केन्द्रसँग परामर्श लिने काम हुने भएपनि सहकारीसँग भने त्यस्तो संयन्त्र छैन । स्थानिय तहसँग सम्वन्वय गरेर सहकारीहरुलाई पनि कर्जा सुचना केन्द्रसँग जोड्न सके खराव कर्जा जानबाट रोकिने र सहकारीहरु समस्यामा नपर्ने चारसको बुझाई रहेछ । भन्न र सार्वजनिक गर्न नसकेपनि कतिपय सहकारी संस्थाहरुले लगाएको ऋण उठाउन नसकिरहेको निरौला बताउँछन् । कतिपय सदस्यलाई धितो ले भनेर भन्न पनि गाह्रो भएको अवस्था पनि सहकारीसँग छ । ठुलै सहकारीहरुले पनि ३ देखि ५ लाख रुपैँया सम्मको कर्जालाई सदस्यहरुको चालचलन हेरेर बिना धितो नै दिने गरेको पाइन्छ ।
एक जना सदस्य कति वटा सहकारीको सदस्य छ र कति वटा सहकारीबाट ऋण खाएको छ भन्ने बुझ्नको लागि सुचना केन्द्र अतिनै आवश्यक भएको उनको भनाई छ । त्यसो त स्थानिय स्तरमा हुने आर्थिक कारोबारलाई व्यवस्थित बनाएर निस्चित कर लिएर नगरपालिकाले पनि मध्यस्तकर्ताको काम गर्नुपर्ने उनले बताए । नगरपालिकालाई कर उठाउने माध्यम पनि हुने र कारोबार पनि प्रमाणित हुने हुदा कारोबारलाई कानुनी दायरामा ल्याउन स्थानिय सरकार एंव नगरपालिकाको सक्रियता हुनुपर्ने निरौलाको भनाई थियो ।
पछिल्लो समयमा सहकारी संस्थाहरु सफ्टवेयर वेसमा मात्रै कारोबार गर्छन । यसरी गर्ने कारोबार कहिलेकाहि सफ्टवेयरमा समस्या आउँदा गुम्न सक्ने डर भएको हुदा खाता र कम्प्युटर दुवैमा डेटालाई सुरक्षित गरिनुपर्ने चारसले सुझाए । निकट भविश्यमै उज्वल उपभोत्ता सहकारी संस्थाले फिल्ड कर्मचारी समेत नियुत्ति गरेर किसानको घरमै गएर दुध संकलन गर्ने आवश्यक परेका उपभोत्ता तथा सदस्यलाई दुध विक्रि गर्ने गरी काम गर्न लागेको रहेछ । गत बैसाष महिनाबाट संचालन भएको डेरीका माध्यमबाट उज्वल उपभोत्ता सहकारीले दुध र दुधजन्य परिकारहरको उत्पादन र बिक्रि समेत गर्दै आइरहेको छ ।